
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) सहमति नजिक पुगेको छ । आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक अब टुङ्ग्याउने चरणमा पुगेको बताउनुभयो । उहाँले आउँदो बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताउनुभयो ।
बर्ताैलाले सत्तापक्ष र प्रतिपक्षको नभइकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने पनि उल्लेख गर्नुभयाे ।
सदस्य बर्ताैलाले कानूनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याएर ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउनेगरी कार्यदल अघि बढेको बताउनुभयो ।
20.49¡ÆC