एसिया कपमा श्रीलङ्कासँग थाइल्यान्ड १० विकेटले पराजित

साउन १०, २०८१ मा प्रकाशित | 170 views


काठमाडौँ । एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो ।

शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अङ्क जोडेर श्रीलङ्का समूह ‘बी’ को शीर्ष स्थानमा रही सेमिफाइनल प्रवेश गरेको छ । पराजित थाइल्यान्ड समान खेलबाट दुई अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । यो समूहबाट बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा भारतले बङ्गलादेश तथा श्रीलङ्काले पाकिस्तानसँग खेल्नेछन् । सेमिफाइनलका दुवै खेल भोलि हुनेछन् । नेपाल महिला क्रिकेट टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web