हरेक दिन औसतमा ९७ वटा गाडी दुर्घटना हुने प्रहरीको तथ्याङ्क

साउन ७, २०८१ मा प्रकाशित | 237 views


काठमाडौँ । नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ ।

यस्तै ८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्ष नेपालमा ३५ हजार चार सय चार वटा गाडी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ । छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । गाडी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा धेरै दुई पाङ्ग्रे गाडी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।

प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web