अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

असार ३१, २०८१ मा प्रकाशित | 180 views


काठमाडौँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

फ्लोरिडाको मियामी गार्डेन्समा भएको खेलमा अर्जेन्टिनाका लाउतारो मार्टिनेजले थप समयको एक सय १२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल थप समयमा धकेलिएको थियो । खुट्टाको चोटका कारण खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए ।

कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर फाइनल खेलमा भने त्यो नियम लागू हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।

आजको जीतसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६औं पटक उपाधि जितेको छ । उसले दुई पटक विश्वकप पनि जितेकाे छ । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web