प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

असार ३०, २०८१ मा प्रकाशित | 225 views

प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका छ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ रहेका छन् ।

यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द पनि पक्राउ परेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web