अमारे खोलामा बन्यो ट्रस पुल, केही दिनमै सञ्चालनमा आउने

असार २६, २०८१ मा प्रकाशित | 1314 views


नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्वर ११ स्थित अमारे खोलामा निर्माणाधीन ट्रस पुलको काम अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष प्रकाशंजग पाण्डेको अनुसार निर्माण सुरु भएको दुई महिनामा नै पुल सञ्चालनमा ल्याउन सकिने लक्ष्यको साथ कार्य सम्पन्न हुन लागेको हो ।

उक्त स्थानमा पुल नहुदाँ खोला पार गर्नको लागी जोखिमपूर्ण यात्रा गर्दै आएकाहरुलाई सुरक्षित बनाउन उहाँको पहलमा निर्माण सुरु भएको ट्रस पुलको काम अन्तिम चरणमा पुगेको हो । अब यो बर्खाको समयमा नै सञ्चालनमा ल्याउने लक्ष्यको साथ बाँकी रहेका केही कामहरु तिव्र गतिमा अघि बढाइएको वडाध्यक्ष पाण्डेको भनाई छ ।

बेलकोटगढी नगरपालिकासंग उपभोक्ता समितिसंग भएको सम्झौता अनुसार २०८१ बैशाख १० गते काम सुरु गरेर अर्को वर्ष २०८२ असार ३० भित्र सम्पन्न गर्ने करीब १५ महिनाको अवधि दिएको भएपनि काम सुरु भएको तीन महिना नपुग्दै निर्माणको काम पूार हुन लागेको हो । यस बर्षको बर्षायाम र खोलामा आउने बाढीलाई मध्यनजर गर्दै अबको केही दिनमा नै पुल सम्पन्न गरेर सुचारु गराइने वडाध्यक्ष पाण्डेको लक्ष्य छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं. ११ का बासिन्दा सहित यस क्षेत्र भएर आउजाउ गर्नेलाई सहज बनाउन निर्माण गरिएको पुल लम्बाई २८ मिटर रहेको छ । ३३ लाख १६ हजार रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल निर्माण पश्चात यस क्षेत्रका १८८ घरपरिवारका ९२५ स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अबको केहिदिन भित्रै पुलबाट पैदल यात्रु सहित साइकल, मोटरसाइकल समेत आउजाउ गराउन मिल्ने गरेर पुल सञ्चालनमा ल्याउनको लागी बाँकी रहेको कामलाई तिव्र बनाउन वडाध्यक्ष प्रकाशजंग पाण्डे आफै निरन्तर खटिरनुभएको छ ।

बेलकोटगढी नगरपालिका र उपभोक्ता समिति बिच २०८० साल फागुन १७ गते सम्झौता भएर २०८१ साल बैशाख १० गते देखी १ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यले पुल निर्माण कार्यको थालनी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web