युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दै

असार २५, २०८१ मा प्रकाशित | 231 views


काठमाडौँ । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ ।

फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा भोलि राति इंग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरोकपको फाइनल आउँदो सोमवार राति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web