
काठमाडौँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९ दशमलव १७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् ।
यसअघि पुरुष ५० मिटर बटरफ्लाइ पनि २५ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै अजलले कीर्तिमान बनाएका थिए । यस्तै, दिवाकर अवाले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३० दशमलव १५ सेकेन्डमा पूरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको कीर्तिमान तोडेका हुन् ।
प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा कुल तीन वटा कीर्तिमान बनेका छन् । प्रतियोगितामा १ सय ६६ अङ्कसाथ निसर्ग वाटिका स्कुल टीम च्याम्पियन बनेको छ ।
28.12¡ÆC