बेलायती टिममाथि नेपाली क्रिकेट टोलीको लगातार जित

साउन १, २०७३ मा प्रकाशित | 877 views

१ साउन, लण्डन ।
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा पनि जित हात पार्न सफल भएको छ ।

स्टेनमोर क्रिकेट मैदानमा शुक्रबार राती भएको खेलमा नेपालले क्लब क्रिकेट कनफ्रेन्स् सी सी सी लाई ४ विकेटले पराजित गरेको थियो ।

खेलमा निकै राम्रो प्रदर्षन गरेका नेपालका कप्तान पारस खड्काले १ छक्का र ८ चौकाको मद्दत्तमा ६६ बलमा ६७ रन बनाउँदै अर्ध सतक पुरा गरेका थिए ।

टस जित्दै ब्याटिङ्ग थालेको सी सी सी ले निर्धारीत ५० ओभरमा ७ विकेटको क्षेतीमा २ सय २६ रन बनाएको थियो ।

नेपालका बलर सोमपाल कामी र शन्दिप लामिछानेले २/२ तथा करन केसी र कप्तान पारश खड्काले १/१ विकेट लिएका थिए ।

नेपालले ४६.१ ओभरमा ६ विकेटको क्षेतीमा विजयी लक्ष्ये प्राप्त गरेको थियो ।

नेपालका शुरुआती ब्याट्स् म्यान अनिल कुमार मण्डलले ४३ र ज्ञानेन्द्र मल्ले ३६ रनको योगदान गरेका थिए ।

त्यस पछि मैदानमा आएका शागर पुनले यस खेलमा खासै रन जोड्न नसके पनि चौथो नम्बरमा आएका कप्तान पारश खड्काले ६६ रनको योगदान गर्दै नेपाललाई जितको निकै नजिक पु¥याउन निकै मदत्त गरेका थिए ।

त्यस पछि नेपालले बिनोद भण्डारीको एक विकेट गुमाएपनि राजेश पुलामी र राजु रिजालले अविजित रहँदै नेपालको जित शुनिस्चित गरेका थिए ।

मार्लेबोन क्रिकेट क्लबको निमन्त्रणामा बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले लगातार तेस्रो जित हात पार्दा केहि समय पहिलाको खेल भन्दा रन जोड्ने र विकेट लिने क्रम पनि बढेको छ ।

प्रत्यक खेलमा नेपाललका कुनै न कुनै ब्याट्स् म्यानहरुले राम्रो प्रदर्षनका साथ अर्ध सतक पनि बनाउन सफल भएका छन् ।

फ्रि फोरेस्टर क्लब संग भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लले ६६ बलमा ७४ रनको योगदान गरेका थिए भने त्यसै खेलमा सदर भेषवाकरले पनि ७५ बलमा ५० रनको योगदान गर्दै अर्ध सतक पुरा गरेका थिए ।

यसैगरी ईन्डियन जिमखाना क्रिकेट क्लब संग भएको दोस्रो टि २० खेलमा पनि तेस्रो नम्बरमा आएका शागर पुनले ४८ बलमा ५६ रनको योगदान गर्दै अर्धशतक पुरा गर्न सफ भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web