शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो

असार २३, २०८१ मा प्रकाशित | 197 views


काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web