युरो कप फुटबलमा आज राति दुई खेल हुँदै

असार २२, २०८१ मा प्रकाशित | 196 views


काठमाडौँ । युरो कप फुटबलमा आज राति क्वार्टरफाइनलका तेस्रो र चौथो खेल हुँदैछन् ।

पहिलो खेलमा राति पौने १० बजे डुलेसडर्फमा इङ्गल्यान्ड र स्विट्जरल्यान्ड खेल्दैछन् । यसअघि अन्तिम–१६ मा इङ्गल्यान्डले स्लोभाकियालाई २–१ र स्विट्जरल्यान्डले साविक विजेता इटालीलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

यस्तै राति पौने १ बजे बर्लिनमा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् । अन्तिम–१६ मा नेदरल्यान्ड्सले रोमानियालाई ३–० र टर्कीले अस्ट्रियालाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

आजको खेलसँगै युरो कप फुटबलको सेमीफाइनल समीकरण पूरा हुनेछ । गएराति भएका खेलमा आयोजक जर्मनीलाई हराउँदै स्पेन र पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल आउँदो जुलाई १० र ११ तारिखमा हुनेछ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्नेछन् । यस्तै आज विजयी हुने टोलीले दोस्रो सेमिफाइनल खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web