पत्रकार महासंघको चुनाव स्थगित

असार २२, २०८१ मा प्रकाशित | 175 views


काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो ।

चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web