सहकारीमा पैसा डुबेको भन्दै ५ हजार ३ सय वटा उजुरी

असार २१, २०८१ मा प्रकाशित | 424 views


काठमाडौँ । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय वटा उजुरी दर्ता भएको जनाएको छ ।

सिंहदरबारमा आज बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित प्रहरी अधिकारीहरूले अहिलेसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय वटा उजुरी दर्ता भएको जानकारी दिएका समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । ५५ हजार चार सय १० जना पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ मागदाबी गरेको जानकारी प्राप्त भएकाे थापाले बताउनुभयो । प्रतिवादीमध्ये दुई सय ९४ जना पक्राउ परेका र आठ सय ५६ जना फरार रहेका प्रहरीले जनाएको छ ।

यसैबीच समिति बैठकमा उपस्थित प्रहरी अधिकारीहरूले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएका छन् । गृहसचिव एकनारायण अर्यालसहित उपस्थित बैठकमा प्रहरी अधिकारीहरूले अनुसन्धानको अहिलेको प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नेदेखिएको निष्कर्षसमेत सुनाएका सभापति थापाले बताउनुभयो ।

समितिले आज गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली, अपराध अनुसन्धान कार्यालयका प्रमुख टेकबहादुर तामाङ लगायतसँग छलफल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web