माहादेव मावि महादेवफाँटमा विज्ञान विषय पढ्न पाइने, होस्टेलको पनि सुविधा

असार २०, २०८१ मा प्रकाशित | 569 views


महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा नं. ७ मा रहेको महादेव माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न पाइने भएको छ । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न यसअघि त्रिशूली स्थित त्रिभुवन त्रिशूली मावि वा काठमाडौ नै जानुपर्ने बाध्यता रहेकोमा अब त्यो अन्त्य गर्दै चालु शैक्षिक सत्रदेखि महादेव मावि, महादेवफाँटमा नै अध्ययन गर्न पाइने भएको हो ।


बेलकोटगढी–७ महादेवफाँटमा रहेको महादेव माविले माध्यमिक शिक्षा परीक्षा कक्षा १० अर्थात एसइई उर्तिण भएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना आह्वानको सूचना जारी गर्दै विज्ञान विषय सहित व्यवस्थापन र शिक्षा शास्त्र संकायमा नयाँ भर्ना खुला भएको प्रधानाध्यापक उपेन्द्र महतोले जानकारी दिनुभयो । उहाँको अनुसार दक्ष, अनुभवी एंव तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन गराउनको लागी भर्ना खुला गरिएको हो । 

विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालय परिसरमा निर्माण गरिएको सुविधासम्पन्न होस्टेलमा बसेर अध्ययन गर्न पाउने सुविधा समेत रहेको छ ।

फाइल तस्बिर :

बेलकोटगढी नगरपालिका मात्र नभई नुवाकोट जिल्लास्तरमा नै उत्कृष्ट अंकको साथ विद्यार्थी उर्तिण गराउदै आएको महादेव माविले विज्ञान विषयमा यो वर्ष देखि अध्यापन सुरु गरेसगैँ नुवाकोट सहित रसुवा, धादिङ लगायतका जिल्लाका विद्यार्थीको लागी समेत राम्रो अवसर रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपालले जानकारी दिनुभयो ।</p

विज्ञान विषय अध्ययनको लागी अन्यत्रको भन्दा सहुलियत शुल्क सहित निकै गुणस्तरीय भएकाले उच्च शिक्षा अध्ययनको लागी विज्ञान विषय पढ्नको लागी अब महादेव मावि उत्कृष्ट शैक्षिक सँस्थाको रुपमा रहने अध्यक्ष भाइराम नेपालको विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web