सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

असार २०, २०८१ मा प्रकाशित | 251 views

काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web