
त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाको शुक्रबार सुरु भएको १५औँ नगरसभाले आगामी आर्थिक वर्षको लागी कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै रु एक अर्ब ११ करोड हाराहारीको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभाध्यक्ष (प्रमुख) राजन श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा केन्द्रित भएर उपप्रमुख प्रभा बोगटीले उक्त रकम बराबरको अनुमानित आयव्याय विवरण सहितको बजेट सभामा पेश गर्नुभयो । सभाध्यक्ष श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम संशोधन (केही थप) सहित शुक्रबार नै सर्वसम्मत पास भएको छ । बजेट माथीको छलफलको लागी भने थप समय आवश्यक रहेको भन्दै पन्ध्रदिन भित्र पुनः आह्वान गरिने अर्को बैठकमा शिर्षक अनुसार बिनियोजन गरिने भएकाले हाललाई एकमुष्ट बजेट पेश गरिएको उपाध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघिका वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई आत्मनिर्भर, शिक्षालाई प्राविधिक सहितको सीप र रोजगार तथा स्वास्थ्यमा सर्वसुलभ सहित सबैको पहुँचमा पु-याउने नीति तथा कार्यक्रम अनुसार बिनियोजन गरिएको छ ।
“प्रत्येक वडामा एक–एक वटा पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम, बाझो जग्गाको पहिचान गरेर खेती गर्न प्रोत्साहन सहित अनुदान कार्यक्रम, नगरको सहयोग समेत हुने गरेर अनिवार्य कृषि बीमा, स्थानीय उत्पादनको प्रबद्र्धनको लागी कोसेली घर सञ्चालन गरिनेछ ।” सभाध्यक्षले पेश गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
नगरलाई फलफूलबाट आर्थिक उत्पार्जनमा केन्द्रित गराउन ‘फलफूल रोप्न छैन टेन्सन, कृषकको लागी राम्रो पेन्सन’ कार्यक्रम मार्फत किसानलाई आकर्षित गर्ने र पालिकाले सार्वजनिक स्थानमा फलफूलको विरुवा रोप्ने, पुष्प खेती, बादर नियन्त्रण सहित यसले पु¥याउने क्षतिबाट बचाउन अदुवा र बेसारको पकेट खेती सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षाको गुणस्तर सुधारको लागी सामुदायिक विद्यालयलाई प्रोत्साहन र प्राविधिक शिक्षामा जोड दिने नीति अवलम्वन गरिएको सभाध्यक्ष श्रेष्ठको भनाई छ । सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बीमा, कक्षा ५ र ८ को परीक्षा पलिकास्तरीय, उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत गर्ने लगायतका आकर्षक नीति शिक्षामा अवलम्वन गरिएको छ ।
स्वास्थ्यतर्फ विपन्न घरपरिवारको नगर मार्फत स्वास्थ्य बीमा, प्राण घातक रोग लागेका बिरामीलाई उपचार र औषधि सेवनको लागी नगद सहयोग, स्वास्थ्य सँस्थामा सुत्केरी गराउनेलाई नगद प्रोत्साहन, ज्येष्ठ नागरिकलाई वर्षको तीन पटक टोलटोलमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, स्त्री तथा पाठेघर रोगबाट समस्यामा परेकालाई निःशुल्क उपचारको प्रबन्ध गरिने नीति विदुर नगरपालिकाले लिएको छ । सभाध्यक्ष श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा केन्द्रित भएर सोही कार्यक्रम कार्यान्वयनको लागी उपप्रमुख बोगटीले पेश गरेको बजेट माथीको छलफल भने कायम रहेको छ ।

अहिलेका निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्याकालको तेश्रो आवको बजेट ल्याउने क्रममा विदुरमा अघिल्ला दुई वर्षको तुलनामा बजेटको आकार भने निरन्तर घट्ने क्रममा रहेको छ ।
बजेटको पूर्ण पाठ यस प्रकार रहेको छ :





यो पनि पढ्नुहोस् : विदुरको नीति तथा कार्यक्रममा ‘कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा’(पूर्ण पाठ सहित)
15.19¡ÆC