टी–२० विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो

असार ७, २०८१ मा प्रकाशित | 278 views


काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ (डीएलएस) पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो ।

अस्ट्रेलियासँगको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । जितका लागि १ सय ४१ रन पछ्याएको अस्ट्रेलियाले ११ ओभर २ बलमा २ विकेट गुमाएर १ सय रन बनाएपछि खेल वर्षाका कारण प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web