विद्युत प्राधिकरणको चरम लापरबाहीले नुवाकोटमा १२वर्षीया बालिकाको ज्यान गयो

असार ५, २०८१ मा प्रकाशित | 448 views


त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १३ स्थित बाख्रा चराउन गएको समयमा ‘हाइटेन्सन’ विद्युतीय प्रशारण लाइनको करेन्ट प्रवाह हुदाँ १२ वर्षीया बालिका इन्दिरा राईको मृत्यु भएको छ । गत असार १ गते शनिबार अपरान्ह भएको घटना लगत्तै गम्भीर घाइते बालिकाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

दिउँसो करीब २ बजे उनको मृत्यु भएको बेलकोटगढी १३ का नेपाली काँग्रेसका सचिव राजेशजंग थापाले जानकारी दिनुभयो ।
उहाँको अनुसार ६६ हजार केभीको ‘त्रिशूली बालाजु ग्रिड’ अन्तर्गतको ‘हाइटेन्सन लाइन’को करेन्टको प्रभावले शरीरको अधिकांश भाग जलेको र आर्थिक अभावले समयमै प्रभावकारी उपचार नपाउदाँ निधन भएको हो ।

बालिकाको घरायसी आर्थिक अवस्था कमजोर भएकोले उपचार गरिदिन प्राधिकरणको काठमाडौको मिनभवनस्थित शाखामा पीडित परवार, बालिकाको स्थायी ठेगाना भएको लिखु–३ को वडा कार्यालय र घटनाभएको स्थान बेलकोटगढी– १३ को वडा कार्यालयले पत्राचार गरेपनि वेवास्था गरेको कारण बालिकाको प्रभावकारी उपचारको अभावमा निधन भएको बालिकाको बुबा मनोज राईले गुनासो गर्नुभयो ।


प्राधिकरणको कर्मचारीको लापराहीको कारण प्रशारण लाइनको तार झोलिएको अबस्थामा उक्त तारमा प्रभाव भएको करेन्टको प्रभावले बालिकालाई करेन्ट लागेर गम्भीर घाइते भएको र उपचारको लागी समेत सहयोग नगरेको कारण पीडित परिवारले अस्पतालबाट शव बुझ्न अस्वीकार गरेका छन् ।

उक्त घटनाको बिरोधमा स्थानीय रुपमा प्राधिकरण विरुद्ध चरम असन्तुष्ट उत्पन्न भएको छ । स्थानीय सरकार, दलीय प्रनिनिधि, सरोकारवालाहरुबाट उक्त घटनामा प्राधिरकरणले प्रशारण लाइन राम्रोसंग नसक्नु, घटना पश्चात उपचारको लागी सहयोग नपुराउनु लगायतमा चरम लापरबाही भएको भन्दै असुन्तुष्टि जनाइएको हो ।

बिरामीको उपचारको लागी वडाले गरेको सिफारिस पत्र :

घटनास्थलको प्रहरी मुचुल्का यस्तो छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web