
रसुवा । नेपाल पत्रकार महासङ्घ रसुवाको आयोजनामा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।
सूचना प्रविधिको विकास र समस्याको सञ्जाल विषयमा भएको एक दिने विचार गोष्ठी नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं वरिष्ठ पत्रकार किशोर नेपालको प्रमुख आतिथ्यमा सप्पन्न भएको थियो ।
कार्यक्रममा व्यवसायिक पत्रकारिता अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष रुचि श्रेष्ठ कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव माधव लामिछाने लगायत रसुवाका विभिन्न विभिन्न पेशामा आबद्ध शिक्षक पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सूचना प्रविधिको विकासले ल्याएका समस्या र सम्भावनाहरूको बारेमा आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नेपालले पत्रकारिता नै बलियो हुनुपर्ने बताउनुभएको छ। सामाजिक सञ्जाल र सूचना प्रविधिको विकासले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण ढङ्गले सूचना सम्प्रेषणको माध्यमबाट समाज परिवर्तनमा पत्रकारहरूले व्यवसायिक पत्रकारिताको बाटोबाट नै योगदान दिनुपर्ने उहाँको धारणा थियो । सरकारले सही ढङ्गमा पत्रकारलाई परिचालन गर्न नसकेको नसकेको भन्दै सरकारले सूचनासँग डील गर्ने सामर्थ्य राख्नुपर्ने बताउनुभयो।
कार्यक्रम नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।
26.5¡ÆC