धुर्मुस सुन्तली फाउण्डेशनको सहयोग संकलन कार्य स्थगित

असार ३१, २०७३ मा प्रकाशित | 1490 views

काठमाडौं । नायिका ऋचा शर्माले शनीबार आफ्नो जन्म दिन मनाउँदै छिन् । जन्म दिनको अवसरमा उनले धुर्मुस सुन्तलीलाई विशेष उपहार दिएकी छिन् । गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ऋचाले कार्यालयमै पुगेर एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सामाजीक कार्यमा उदाहरणीय काम गरिरहेकाले धुर्मुस सुन्तलीलाई जन्म दिनको अवसरमा सानो सहयोग गरेको उनले बताएकी छिन् । कला क्षेत्रका व्यक्तिले सामाजीक कामको नेतृत्व गरेर अघि बढेकाले यो सहयोग गरेको उनको भनाई छ । ऋचाबाट सहयोग ग्रहण गर्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

ऋचाले दिएको सहयोग सँगै फाउण्डेशनले सहयोग संकलन कार्य स्थगित गरेको छ । बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट पुरा भइसकेकाले सहयोग संकलन कार्य स्थगित गरीएको फाउण्डेशनले जनाएको छ । बस्ती निर्माण गर्दै जाँदा कारणवस लागत वृद्धि भएमा फेरी सहयोगका लागि अपील गर्ने फाउण्डेशनको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web