अविश्वास प्रस्तावको सामना गर्ने मन्त्रिपरिषद्को निर्णय

असार ३१, २०७३ मा प्रकाशित | 919 views

काठमाडौं,असार ३१ । सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको सामना गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  त्यस्तै अन्य निर्णयहरुमा आदित्य प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने र लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले बाँकेबाट लिएको चार भारतीयको नागरिकता खारेज गरेको छ ।

बैठकले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ भने प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web