त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन

जेष्ठ १९, २०८१ मा प्रकाशित | 146 views


काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नाममा काठमाण्डौभित्र रहेका जग्गाको खोजी गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अरु कामका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य छन् भने प्रा.डा. प्रेमसागर थापा विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव छन् । समितिले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web