अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना

जेष्ठ १७, २०८१ मा प्रकाशित | 177 views


टेक्सास (अमेरिका) । अमेरिकालगायत विभिन्न देशमा बसोबास गर्दै आएका नुवाकोटवासीले अन्तर्राष्ट्रिय नुवाकोट समाज नामक संस्था स्थापना गरेका छन् ।

जिल्लामा सहयोग तथा सामूहिक लगानीको वातावरण निर्माण गरी भविष्यमा ठूलो योजनाका साथ अघि बढ्ने उद्देश्यसहित संस्था स्थापना गरिएको प्रवासी नुवाकोटेहरूले बताएका छन् । भर्चुअलमार्फत बुधबार सम्पन्न भेलाबाट इन्द्र सिटौलाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति र २४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय नुवाकोट समाजको कार्यसमितिका अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा रामबाबु पाण्डे तथा उपाध्यक्षमा क्रमशः राघब लामिछाने, वसन्त पाण्डे, कोमल डोटेल र रामहरि धिताल रहनुभएको छ । यसैगरी महासचिवमा सञ्जीव उप्रेती, सचिवमा आदित्य थापा र विनय खतिवडा तथा कोषाध्यक्षमा ईश्वर अधिकारी चयन हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा क्रमशः राजेन्द्र अधिकारी, विष्णु खड्का, गोकर्णराज पाण्डे, गङ्गा अधिकारी खनाल, अस्मिता रिमाल, देवकी पन्त, शिवराम लामिछाने, निरञ्जन रिसाल, रमेश गिरी, शङ्कर सिलवाल र विरोचन नेपाल रहनुभएको छ ।

संस्थाको सल्लाहकारमा विष्णुमान प्रधान, अमृत सापकोटा, वासुदेव भण्डारी, कृष्ण लोहनी, सुजन पण्डित, राजेश अर्याल, कोपिला अधिकारी, रामचन्द्र भट्ट, किशोर पण्डित, महेश खड्का, विष्णु रानामगर, योगेश आदी, कपिल भण्डारीलगायत रहेको समाजले जनाएको छ । अन्तर्राष्ट्रिय नुवाकोट समाजलाई अमेरिकामा सामाजिक संस्थाका रूपमा दर्ता गर्ने र विभिन्न देशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web