दिलिप कुमार भट्टराईलाई इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटी द्वारा मानार्थ पिएचडी प्रदान

जेष्ठ १७, २०८१ मा प्रकाशित | 157 views


नुवाकोट । नुवाकोट लिखु निवासि दिलिप कुमार भट्टराईलाई भारत नयाँ दिल्ली स्थित इन्टर ग्रेटेड ग्लोबल युनिभर्सिटी द्वारा मानार्थ पिएचडी प्रदान गरेको छ ।

ग्लोबल चेम्बर अफ कमर्स इन्डष्ट्री एन्ड एगृकल्चर बिषयमा उक्त ग्लोबल बिश्व बिधालय द्वरा नुवाकोट निवासी ब्यावशायी तथा समाजसेवी दिलिपकुमार भट्टराईलाई मानार्थ बिद्व्यावारिधी प्रदान गरेको छ ।

बुधबार काठमाडौ केसरमहल स्थित होटल बाराहिमा नेपाल कांग्रेसका केन्द्रिय सदस्य एबंम पुर्ब शिक्षा मन्त्री माननीय अर्जुन नरंशिह केसिको प्रमुख आतिथ्यता माननीय पुर्ब भुमी ब्यवस्था मन्त्री एबंम नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रन्जिता श्रेष्ठको बिशिस्ट आतिथ्यतामा एबंम भारतबाट विभिन्न ख्याति प्राप्त ब्याक्तीहरुको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नुवाकोट निवासी भट्टराईलाई ग्लोबल बुद्द पिस (शान्ति )अवार्ड समेत दिइएको छ ।

सफल उद्द्मी तथा समाजसेवी भट्टराई पछिल्लो समय सामाजिक क्षेत्रमा कृयासिल रहि आउनुभएको छ । उक्त बिश्व बिद्यालयको यश पिएचडी सगै नुवाकोट लिखुले डा. प्राप्त गरेको छ । नुवाकोटमा चितपरिचित भट्टराईको यश सक्रियताको पछिल्लो समय चर्चाको विषय बनेको छ । काठमाडौमा सफल ब्यावशाय गर्दै आउनुभएको दिलिपकुमार भट्टराईको सफलताको कामना साथै आगामी दिनमा नुवाकोट प्रती सेव भाब कायम रहिरहोस ।

उहाँले बिगतमा गरेका विभिन्न समाजसेवी कार्यहरुले उहाँलाई आगामी दिन अदम्य साहस र सफलता मिल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web