प्राध्यानाध्यापक संघ नेपाल नवलपरासी पश्चिमको अध्यक्षमा पौडेल

जेष्ठ १४, २०८१ मा प्रकाशित | 188 views


नवलपरासी पश्चिम । प्राध्यानाध्यापक संघ नेपाल नवलपरासी पश्चिमको अध्यक्षमा जनता मा.वि. देवगाउका प्राध्यानाध्यापक राम प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार परासीमा भएको जिल्लाभर रहेका सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुको भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

भेलाले २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बाबुराम पाण्डे कोषाध्यक्षमा रविन्द्र कुमार कंहार र सदस्यहरुमा तेजप्रताप सिंह, भुवन भुसाल, घनश्याम यादव, रिता गैरे, लक्ष्मी अर्याल, कर्णबहादुर राहाडी मगर, विनोद खनाल, शेषकान्त पौडेल, मानसिंह परियार, रामाञ्जय बरइ, चन्दा फौज्दार, ज्यानेन्द्र मौर्य, दिनानाथ गुप्ता, राजेन्द्रप्रसाद यादव, सन्तोष उपाध्याय, सुनिल पन्थी, योगेन्द्र चौधरी, नरनाथ लामिछाने, नारदप्रसाद ठाकुर र दिपक भट्टराई रहनुभएको छ । संघले आसन्न बैठकबाट सचिव सहसचिव चयन गर्ने जनाएको छ ।

प्राध्यानाध्यापक संघ नेपालको सर्कुलेसन अनुसार देशैभर प्रदेश शाखा गठन गरिसकेको छ भने जिल्ला शाखा विस्तार भइरहेको छ । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकले आफ्नो पेशागत हक हित र संरक्षणका लागि प्रधानाध्यापक संघ गठन र विस्तार गरेको संघले जनाएको छ ।

प्राध्यानाध्यापक संघ नेपाल लुम्बिनी प्रदेशका सदस्य समेत रहेका पौडेलको अध्यक्षतामा भएको जिल्ला भेलामा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद वैजनाथ जैसवालले प्राध्यानाध्यापकहरु आफ्नो हकहितका लागि संगठित हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत विष्णु गोतामे तथा संघका लुम्बिनी प्रदेश कोषाध्यक्ष शान्ति शर्मालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण रेशमराज कँडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web