फ्रान्समा लरी आक्रमणमा ७० भन्दा बढीको मृत्यु

असार ३१, २०७३ मा प्रकाशित | 1283 views

एजेन्सी,असार ३१ । फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा ७० जनाभन्दा बढीको ज्यान गएको खबरहरु आएका छन्।

आतिशबाजी प्रदर्शनपछि उक्त घटना भएको थियो। सुरक्षा कारबाहीमा लरी चालक मारिएका छन् र लरीमा बन्दुक तथा ग्रिनेड फेला परेको अधिकारीहरुले बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा राखिएको एउटा तस्वीरमा दर्जनौं मानिसहरु सडकमा लडिरहेका देखिन्छन्। अधिकारीहरुले त्यसलाई आक्रमण भन्दै स्थानीय बासिन्दाहरुलाई घरभित्रै बस्न भनेका छन्। निसका मेयरले भनेका छन्, लरीका चालकले दर्जनौ मानिसहरुको हत्या गरेको देखिन्छ।

समाचार संस्था एएफपीका अनुसार अभियोजनकर्ताले भनेका छन्, उक्त लरी मानिसहरुको ठूलो भीडमा दुई किलोमिटरसम्म गुडेको थियो। आन्तरिक मामिलामन्त्री पियर हेन्री ब्रन्डेले यसअघि खबर आएजस्तो बन्धकको अवस्था नरहेको र लरीका चालकमाथि कारवाही गरिएको बताएका छन्। उनले ती चालकले एक्लै उक्त आक्रमण गराएको वा अरु कोही थिए भन्ने विषयमा अनुसन्धान भइहेको बताएका बिबिसी डटसिओ डट युकेमा समाचार छ ।

फ्रान्सका राष्ट्रपति फ्रास्वां ओलान्दले आपतकालीन बैठकका लागि राजधानी प्यारिस फर्किरहेको उनको कार्यालयले जनाएको छ। ओलान्द निजी भ्रमणका लागि याभिनियो सहरमा थिए। केही रिपोर्टहरुमा प्रहरी र लरीमा रहेकाहरुबीच गोली हानाहान भएको बताइएको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

सामाजिक सञ्जालमा राखिएका भिडियोमा घटनापछि मानिसहरु आत्तिएर सडकमा दौडिरहेको देखिन्छ।

निसस्थित घटनास्थलमा रहेका एकजना पत्रकारले रिपोर्टमा भनेका छन्, घटना भएको ठाउँमा धेरै रगतहरु देखिएको छ र धेरै मानिसहरु घाइते भएकोमा कुनै दुविधा छैन। बिएफएम टिभीलाई एकजना प्रत्यक्षदर्शीले भने, सबै मानिसहरु त्यहाँ आक्रमण भएको भन्दै भाग्न भनिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web