
काठमाडौँ । कोभिड–१९ महामारीपछि बन्द भएका चीनसँगको परम्परागत नाकाहरू पुनः सञ्चालनमा आएको घोषणा भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि नाका बन्द गरेको थियो ।
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा हिजो आयोजित एक समारोहबीच नेपाल–चीन सीमामा रहेका १४ वटै परम्परागत नाका पुनः सञ्चालनमा आएको संयुक्तरूपमा घोषण गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार सात वटा नाका हिजोदेखि नै सञ्चालनमा आएका छन् । बाँकी सातमध्ये मुगुमा रहेका दुई वटा नाका आउँदो अगस्ट महिनाकाे अन्त्यसम्ममा, गोरखामा रहेको नाका जुनको अन्त्यसम्ममा, सोलुखुम्बुमा रहेको नाका जुनको मध्यसम्ममा, हुम्लाको नाका जुन २० तारिखमा, दार्चुलाको जुन २५ मा र बझाङको जुन ३० मा सञ्चालनमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केरुङ, तातोपानी, कोरलालगायत व्यापारिक नाका भने यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
16.49¡ÆC