नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

जेष्ठ १२, २०८१ मा प्रकाशित | 263 views

नुवाकोट ।पौडी खेल्ने क्रममा तादी खोलामा डुबेर शनिबार नुवाकोटमा दुई जना युवाको निधन भएको छ ।

बेलकोटगढी नगरपालिका–१० स्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाँउपालिका–४ का १८ वर्षीय हिमाल तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँको अनुसार खोलामा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर उपचारको लागी त्रिशूली अस्पताल पुराए लगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएको हो ।

तादी खोलामा पौडी खेल्ने गएका छ जना युवाहरु मध्ये उनीहरुलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । अपरान्ह १ बजेको समयमा खोलामा पौडी खेल्न गएका उनीहरु २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयबासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारको लागी अस्पताल पु-याएको थियो ।

पछिल्लो समय गर्मी बढेसगैँ नदी तथा खोलामा पौडी खेल्ने क्रममा सावधानी अपनाउन नुवाकोट प्रहरीले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web