नुवाकोटमा तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेहोस

जेष्ठ १२, २०८१ मा प्रकाशित | 337 views

नुवाकोट । खोलामा शनिबार पौडी खेल्ने क्रममा डुेबर दुई जना युवा बेहोस भएका छन् । बेहोस हुनेमा ककनी गाँउपालिका वडा नं. ४ बस्ने १८ वर्षका हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं. १३ का १९ वर्षका रोजन तामाङ रहेका छन् ।

दिउँसो करिब १ बजेको बजेको समयमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१० तादिखोला स्थित घुमाउने दहमापौडी खेल्ने क्रममा दुई जना डुबेर बेहास भएकाले उद्धार गरेर उपचारको लागी त्रिशूली अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँको अनुसार ६ जना युवाहरु पौडी खेल्दा २ जना पौडी खेल्ने क्रममा खोलामा डुबि बेपत्ता भएको र खोजतलाबस गर्दा बेहोस अवस्थामा उद्धार गरेर अस्पताल पुराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web