राजस्थानलाई हराउँदै हैदराबाद आइपीएल क्रिकेटको फाइनलमा

जेष्ठ १२, २०८१ मा प्रकाशित | 268 views


काठमाडौँ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web