नेपालको लगातार दोस्रो जित,इन्डियन जिमखाना २० रनले पराजित

असार ३१, २०७३ मा प्रकाशित | 822 views

काठमाडौं,असार ३१ । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार दास्रो जित निकालेको छ । बिहीबार भएको टि ट्वान्टी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानालाई २० रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो  । जसका लागि सागर पुनले ५५ रनको योगदान गरे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले मात्र २० बल खेल्दै चार चौकाको मदतमा ३८ रनको योगदान गरे । कप्तान पारस खड्काले आठ बल खेल्दै १५ रन बनाएका थिए । त्यस्तै राजेश पुलामी १३, राजु रिजाल २४, सुवास खकुरले ६ र विनोद भण्डारीले २ रनको योगदान गरेका थिए । नेपालले जम्मा १५ चौका र ३ छक्का प्रहार गरेको थियो । सागर, राजेश र राजुले एकरएक छक्का प्रहार गरेका थिए ।

१६३ रनको लक्ष्य पछ्याएको स्थानीय क्रिकेट कल्ब इन्डियन जिमखानाले पुरै आभर खेलेर सबै विकेट गुमाउँदै मात्र १४२ रन बनाएको थियो । इन्डियन जिमखानाका लागि पुनिट के मेराले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै सदिक अम्रादीले २५, आदित्य आर्चियाले १५, भुपिन्दर सिंहले २४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् ।  इन्डियन जिमखानालाई सस्तैमा समेट्न बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुईरदुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web