७ स्वास्थ्य सेवा केन्द्रलाइ सेवा प्रवाहको लागी ७ मोबाइल सेट प्रदान

जेष्ठ ८, २०८१ मा प्रकाशित | 467 views


नुवाकोट । तारकेश्वर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय खोप संमन्वय समितिको वैठक पालिका अध्यक्ष तथा खोप संमन्वय समिति संयोजक श्री शिव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो अवसरमा अध्यक्ष अधिकारीले गाउँपालिका अन्तर्गतका ७ वटा स्वास्थ्य संस्थाहरुलाई १/१ वटा मोवाइल फोन स्वास्थ्य संस्था प्रमुखलाई हस्तान्तरण गर्नु भयो । स्वास्थ्य सेवालाई जनताको पहुँच सम्म पुर्याउँन सेवा दिन सहज होस भन्ने हेतुले संस्थागत मोवाइल फोन गाउँपालिकाले दिएको हो ।

यस्तै पालिका अध्यक्ष अधिकारीले २०८१ जेठ १३ र १४ गते संचालन हुन आई.पि.भी खोप अभियान सफल वनाउँन सवै स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षकहरुलाई कुनै कसुर वाँकी नराख्न र गुणस्तरी स्वास्थ्य सेवामा कसैसंग संझौता नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । नागरिकबाट कुनै पनि गुनासो नआउने गरि स्वास्थ सेवा उपलब्ध गराउन पुन एकपटक सबैलाई सचेत गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web