जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतका प्रधानमन्त्रीको प्रतिबद्धता

जेष्ठ ८, २०८१ मा प्रकाशित | 517 views


काठमाडौँ । जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने भएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउन सहकार्य बढाउने बताउनुभएको छ ।

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा भएको विशेष समारोहमा प्रधानमन्त्री सुनाकले आउँदा दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभएको लण्डनमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

बेलायतका प्रधानमन्त्री सुनकले ‘ब्रिटिस गोर्खा’ को योगदानको पनि प्रशंसा गर्नुभयो । बेलायतका परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले नेपालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने बताउनुभयो ।

नेपाल र बेलायतबीच सन् १९२३ को मैत्री सन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको अवसरमा भएको कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web