वैदेशिक रोजगार विभागबाट सञ्चालित फेमिस प्रणालीमा समस्या

जेष्ठ ८, २०८१ मा प्रकाशित | 346 views


काठमाडौँ । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले निकालेको सूचनामा उल्लेख छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि फेमिसमा समस्या आउने गरेको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web