७ सदस्यीय विद्यालय अध्ययन समिति गठन, १५ दिनभित्र प्रतिवेदन पेस गर्ने

जेष्ठ ७, २०८१ मा प्रकाशित | 360 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलको अध्यक्षतामा हिजो गाउँपालिकाभित्रका विद्यालयहरूका प्रधानाध्यापकहरू र शिक्षा शाखाका कर्मचारीहरू समेतको बैठक बसी विद्यालयहरूको कक्षा घटबढ र शिक्षक दरबन्दी मिलान गर्ने सम्बन्धमा ७ सदस्यीय विद्यालय अध्ययन कार्यदल गठन गरिएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सिर्जना अर्यालको संयोजकत्वमा प्रधानाध्यापकहरू सम्मिलित सम्मिलित समिति गठन गर्दै अध्यक्ष अधिकारीले विद्यालयहरूको दुरी, शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्याको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न र त्यस लगत्तै दरबन्दी मिलान र कक्षा थपघटको काम सुरु गर्न निर्देशन दिनुभयो ।

समितिमा प्रधानाध्यापकहरू भारत बहादुर श्रेष्ठ, सुजना अधिकारी, गोकर्ण प्रसाद अधिकारी, आकाश श्रेष्ठ, ललित मान तामाङ र हरि प्रसाद अर्याल सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web