बेलकोटगढीमा सामी मार्फत सञ्चालित परियोजना क्षमता विकास तथा संजाल गठन सम्पन्न

बैशाख १६, २०८१ मा प्रकाशित | 198 views


बाघखोर । नुवाकोृटको बेलकोगढी नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत बैदेसिक रोजगार बाट फर्केका व्यक्तिहरूको लागि १ दिने क्षमता विकास तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको कार्यालय बाघखोरमा आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख जगत बहादुर गुरुङको अध्यक्षता उप प्रमुख शिवप्रसाद दाहाल, हेल्भेटास नेपाल बागमती प्रदेश कर्यक्रम व्यवस्थापक पुरुषोत्तम अधिकारी, हेल्भेटास नेपाल बागमती प्रदेश सामी क्षेत्रिय संयोजक भागीराम थारु लगायतको सहभागितामा सम्पन्न भएको हो ।

क्षमता विकास तथा संजाल गठन कार्यक्रममा सामी मार्फत प्रवाह गर्दै आएको सेवाहरु समुदायतह मा निकै प्रभावकारी रहेको र कार्यक्रम कार्यान्वयको लागी जिम्मेवारी दिइएको मन्त्रालयबाट आगामी दिनमा पनी परियोजनालाई निरन्तरता दिनको लागी नगर प्रमुख जगत बहादुर गुरुङले आग्रह गर्नुभएको छ ।

आगामी दिनमा सामी मार्फत सञ्चालित परियोजनालाई पालिकामा नै जिम्मेवारी दिन उहाँले माग गर्नुभयो । आगामी दिन मा सम्बन्धित निकायहरु सँग अझै फराकिलो र दक्ष जनशक्तिको साथ यस कार्यक्रमलाई अघि बढाउन पालिकाले पहल गर्न तयार रहेको उहाँको भनाई छ ।

सामी कार्यक्रमसँगै सहकार्य गर्दै वैदेशिक रोजगारको समस्यामा तटस्थ सहकार्य गर्ने सक्ने पालिका तहको संजाल गठन गरी कार्य गर्न नगर तयार रहेको उपप्रमुख दाहालले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रम मार्फत राम चन्द्र लामाको अध्यक्षतामा १३ सदस्य सञ्जाल गठन गरिएको मनोविमर्शकर्ता मनिषा थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार आइतबार सम्पन्न भएको कार्यक्रमबाट सल्लाकार समिति पनि गठन गरिएको छ । उक्त गठित समितिले बेलकोटगढी नगरपालिकाको आप्रवासी हक हितको लागि कार्य गर्ने भएकाले आगामी दिनमा सामी मार्फत प्रवाह गर्दै आएको सेवाहरु अझै थप प्रभावकारी हुदै लाभग्राहीको पहुँचमा सहज रुपमा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web