सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

बैशाख १५, २०८१ मा प्रकाशित | 177 views


काठमाडौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिएको छ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । आउँदो २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने उहाँले जानकारी दिनुभयो ।

सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षाैभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ ।

सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । २०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web