सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ

बैशाख ७, २०८१ मा प्रकाशित | 257 views


काठमाडौँ । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार ६ सय रुपैयाँ थियो । यसअघि वर्ष २०८० को अन्तिम दिन सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार दुई सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ घटेकाे छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web