बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा अम्लीयपनाको समस्या

बैशाख ३, २०८१ मा प्रकाशित | 308 views


काठमाडौँ । बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या देखिएको हो ।

प्रदेशमा माटो परीक्षणका क्रममा ५० प्रतिशतमा प्राङ्गारिक पदार्थको कमी, वर्षाकाे पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो ।

काठमाण्डाै उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू– काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web