आज केही ठाउँमा हावाहुरी र हल्का वर्षको सम्भावना

चैत्र २७, २०८० मा प्रकाशित | 198 views


काठमाडौँ । आज बाग्मती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

हिजो स्थानीयवायुको प्रभावले गण्डकी प्रदेशका कास्की, मनाङ, मुस्ताङ, म्याग्दीलगायतका थोरै ठाउँमा हल्का वर्षा भएको थियो । त्यस्तै ताप्लेजुङ र डडेलधुराको एक–दुई ठाउँमा पनि हल्का पानी परेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web