
रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको ज्यान गएको छ । बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोलाको झोलुङ्गे पुल क्षेत्रमा बेहोश अवस्थामा भेटिनुभएको थियो । बेहोश पाउललाई उद्धार गरी काठमाण्डौको मेडिसिटी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
20.82¡ÆC