
खरानीटार ।नुवाकोटको तादी गाउँपालिका वडा नम्बर १ उर्लेनिका वडा अध्यक्ष नकुर दोङले आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १०(SEE) दिन सहभागी हुनुभएको छ ।
वडा नम्बर १ बाट २ कार्यकाल वडाध्यक्ष पदमा निर्वाचित भइसक्नुभएका दोङले आजबाट सुरु भएको परीक्षामा तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सुन्दरा माविबाट सहभागी हुनुभएको हो ।
उहाँले तादी गाउँपालिका वडा नम्बर ३ खरानीटारमा रहेको अमर ज्योति माध्यमिक विद्यालयमा तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिन सहभागी हुनुभएको छ ।
आजबाट सुरु भएको परीक्षामा सहभागीहरूलाई तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले वडाध्यक्ष दोङ सहित तादी गाउँपालिकाबाट SEE दिने सम्म्पूर्ण विद्यार्थीहरूको लागि सफलताको शुभकामना दिनुभयो ।
‘मानिसको जीवनमा शिक्षाको महत्त्व उच्च रहेको’ भन्दै उहाँले उत्साहको साथ परीक्षा दिन सहभागी भएको प्रतिक्रिया दिनुभयो ।
आफूले उच्च शिक्षासमेत अध्ययन गर्ने लक्ष्य लिएको भन्दै परीक्षामा सहभागी भएको र परीक्षाको लागि आवश्यक तयारीहरु राम्रोसग गरेकाले सोही अनुसारको सफलता प्राप्त गर्ने उहाँको विश्वास छ ।
20.27¡ÆC