चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

फाल्गुन २८, २०८० मा प्रकाशित | 282 views


काठमाडौँ । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेकाे छ ।

बिर्तामाेडकाे डोमालाल रङ्गशालामा आज भएकाे फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गाेलले हरायाे । पहिलाे हाफमा १ गाेल गरेकाे चर्च ब्वाइजले दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । चर्च ब्वाइजले खेलकाे ११, ७० र ८६ औँ मिनेटमा गाेल गर्‍याे ।

याे जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेकाे एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेकाे छ । प्रतियाेगितामा १० वटा टाेली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web