देशभरको तापक्रम बढ्न थाल्यो

फाल्गुन २६, २०८० मा प्रकाशित | 196 views


काठमाडौँ । देशभरको तापक्रम बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो हप्ताको तुलनामा यो हप्ता देशभरकै तापक्रम बढेको हो । पछिल्ला दिनमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम बढ्न थालेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । यस्तै देशभरकै तापक्रम बढेको महाशाखाले जनाएको छ । यसैबीच अहिले देशको पहाडी क्षेत्रको केही ठाउँमा आंशिक बदली र बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको मौममविद् गोविन्द झाले जानकारी दिनुभयो । आज पानी पर्ने सम्भावना भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web