घाटबेसी बस दुर्घटना : मृतकको सङख्या सात पुग्यो

फाल्गुन २३, २०८० मा प्रकाशित | 239 views


धादिङ । लुम्बिनीको पडेरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटना हुदाँ निधन हुनेको सङ्ख्या सात पुगेको छ।

लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा एक जना महिला र ६ जना पुरुष गरेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । ४१ जनाको जीवितै उद्धार गरिएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । पृथ्वीराज मार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

घाइतेहरू मध्ये गम्भीर अवस्थाका १० जनालाई काठमाडौ लागिएको छ भने बाँकी २९ जनाएको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ । २ जनाको अवस्था सामान्य भएकाले उनीहरु प्राथमिक उपचार पश्चात घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web