नेपालमा बिजुली उत्पादन क्षमता २८ सय मेगावाट माथि

फाल्गुन १५, २०८० मा प्रकाशित | 305 views


काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा ६१.३७ मेगावाट बिजुली थपिएको छ ।

अर्थ मन्त्रालयको विवरण अनुसार पुस २०८० सम्म विद्युत् उत्पादन क्षमता २८२८.९९ मेगावाट पुगेको छ । यो असार मसान्तसम्मको तुलनामा ६१.३७ प्रतिशत धेरै हो ।

असार मसान्तसम्म २७६७.६२ मेगावाट उत्पादन क्षमता रहेको अर्थ मन्त्रालयको वार्षिक विवरणमा उल्लेख छ ।

नेपालमा अहिले ९५ प्रतिशत विद्युतीकरण कार्य सम्पन्न भएको समेत अर्थको तथ्यांकमा उल्लेख छ ।

अर्थ मन्त्रालयले ६ महिनाको अर्थतन्त्रको प्रमुख झलक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अहिले नेपाल विद्युत् प्राधिकरणबाट ६६१.५७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७८.१ मेगावाट, निजी क्षेत्रबाट १६२१.३८ मेगावाट, निजी सोलार विद्युत् ६१.९४ र बगास (उखुको खोस्टा) बाट ६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । कुल विद्युत् उत्पादनमध्ये सरकारी क्षेत्रबाट भएको उत्पादनको हिस्सा ४०.३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष भित्र कुल ९ सय मेगावाट क्षमताको थप जलविद्युत् उत्पादन भई राष्ट्रिय प्रसारणलाइनमा जोडिने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web