धादिङमा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, ५ घाईते

फाल्गुन १२, २०८० मा प्रकाशित | 210 views


धादिङ । धादिङको थाक्रेमा भएको बालेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । नौबिसेबाट काउलेका तर्फ जादै गरेको बा १६ च ८११३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको दुर्घटना भएको स्थानियहरुले बताएका छन् । घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् ।

दुर्घटना हुँदा थाक्रे ८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङको मृत्यु भएको छ । दिउँसो ३ बजे तिर भएको दुर्घटनामा घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।

घाईतेहरुको अहिले काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web