नेपाल ए सँगको एकदिवसीय क्रिकेट शृङ्खला क्यानडा–११ ले जित्यो

फाल्गुन १०, २०८० मा प्रकाशित | 298 views

काठमाडौँ । नेपाल ए सँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला क्यानडा–११ ले जितेको छ । तेस्रो तथा निर्णायक अभ्यास खेलमा आज नेपाललाई ४ विकेटले हराएर २–१ ले क्यानडाले शृङखला जितेको हो। मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेटायो । उसका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रन बनाए ।

बलिङतर्फ नेपालका शहाब आलमले ४ विकेट लिए । यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रन बनायो । नेपालका लागि आसुतोष घिरैयाले २८, अर्जुन कुमालले २७ र बशिर अहमदले २५ रन बनाए ।

क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए । पहिलो खेल क्यानडाले जितेको थियो भने दोस्रो खेलमा नेपाल विजयी भएको थियो । एकदिवसीय क्रिकेट खेल्न नेपाल आएको क्यानडाले नेपालसँगको शृङ्खला ३–० ले गुमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web