आज नेपाल र नामिबिया खेल्दै

फाल्गुन ९, २०८० मा प्रकाशित | 200 views

काठमाडौँ । नेपालले सन् २०२४ को आईसीसी विश्व कप लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web