चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्न बृहत्त बनभोजको तयारी पूरा

फाल्गुन ६, २०८० मा प्रकाशित | 488 views


त्रिशूली । नेकपा एमाले बेलकोगढी नगरकमिटीको आयोजनामा फागुन ७ गते सोमबार चिम्टेश्वरमा अयोजित बृहत्त बनभोजको तयारी पूरा भएको छ ।
धार्मिक तथा पर्यटकीय रुपमा प्रसिद्ध ऐतिहासिक स्थान चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्नको लागी नेकपा एमाले बेलकोटगढीले आयोजना गरेको बृहत्त बनभोजको लागी आवश्यक तयारी पूरा गरिएको नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नुवाकोटका अध्यक्ष तथा बेलकोटगढी नगरपालिकाको नेता सूर्यबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार बृहत्त बनभोजको लागी दुई हजार भन्दा बढीको सहभागिता हुने निश्चित भएसगैँ सो स्थानमा एकसय चारपाङ्ग्रे सवारीसाधन, चारसय मोटरसाइकल राख्न सक्ने स्थानको प्रबन्ध गरिएको छ । नुवाकोटको प्रत्येक पालिकाबाट दुई–दुई वटाको दरले ठूला सवारीसाधनमा सहभागीहरु चिम्टेश्वर पुग्ने तयारीमा रहेका छन् ।


नेकपा एमाले बेलकोगढी नगरकमिटीले बृहत्त बनभोजको कार्यक्रम मार्फत पार्टीका नेताहरु सहित जिल्लाका दुई हजार भन्दा बढी कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई सोमबार चिम्टेश्वरमा पुराएर चिम्टेश्वरको संरक्षण र प्रबद्र्धन गर्नको लागी नयाँ अभियानको शुभारम्भ गर्न लागेको हो ।

चिम्टेश्वरको महत्व :
चिम्टेश्वर महादेवस्थान नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा पर्दछ । यो धार्मिक तथा पर्यटकीय ऐतिहासिक स्थल साविकको बेलकोट, कुमारी, जिलिङ, दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्वको क्षेत्र हो ।
यस पवित्र तिर्थस्थलको आसपासमा जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने छ भने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ, त्यहाँबाट राजधानी उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web